काठमाडौंं । वरिष्ठ पर्यटन व्यवसायी एवं चितवनस्थित टेम्पल टाइगर र ग्रिन रिसोर्टका अध्यक्ष वसन्त मिश्रको थापाथलीस्थित नर्भिक अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।
केही दिनअघि डेंगु लागेर अस्पताल भर्ना भएका पर्यटनका ‘पायोनियर’ मिश्रलाई अकस्मात ब्रेनहेम्ब्रेज भएपछि नर्भिक अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको उनको पारिवारिक स्रोतले जानकारी दिएको हो।
वाइल्डलाइफ टुरिजमबाट मुलुकको समृद्ध हुन्छ भन्ने सपना बोकेका मिश्र एक साताअघि डेंगुबाट ग्रसित भएर अस्पताल भर्ना भएका थिए। तर, डेंगु ठिक भइसकेको अवस्थामा एक्कासि ब्रेनहेम्ब्रेज भएपछि अस्पतालको सघन उपचार कक्षमा राखेर उनको उपचार भइरहेको छ ।