काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल बुझाउन ताकेता गर्दै ४९ उद्योगको सूचीसहित सूचना प्रकाशित गरेको छ ।
आगामी कात्तिक ८ गतेभित्र महसुल बुझाइसक्न आग्रहसहित प्राधिकरणले बिहीबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेको हो ।
तोकिएको समयावधिभित्र महसुल नबुझाएमा कानूनबमोजिम कारबाही गर्ने प्राधिकरणको चेतावनी छ
बुधबार ऊर्जामा मन्त्रालयले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको थियो । लगत्तै प्राधिकरणले यस्तो सूचना जारी गरेको हो ।