दसैँ र तिहारमा वालेटबाट ३० पटकसम्म कारोबार गर्न सकिने

दसैँ र तिहारमा वालेटबाट ३० पटकसम्म कारोबार गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ र तिहारको अवसरमा भुक्तानी प्रदायक संस्था डिजिटल वालेटको सीमालाई बढाएको छ।  दसैँ र तिहारमा कारोबारलाई सहज बनाउन राष्ट्र बैंकले डिजिटल वालेटमा लगाएको सीमा बढाएको हो।

बैंकले भुक्तानी सेवा प्रदायकहरुलाई परिपत्र गर्दै सर्वसाधारणले दैनिक ३० पटकसम्म वालेटबाट करोबार गर्न सक्ने व्यवस्था गरेको छ। हाल कायम रहेको प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्नसक्ने व्यवस्था थियो। 

बैंकले असोज २१ गतेदेखि कात्तिक १ गतेसम्म र तिहारका लागि कात्तिक १५ देखि कात्तिक २२ गतेसम्मका लागि सीमा बढाएको हो ।

प्रकाशित मिति:     २२ आश्विन २०८१, मंगलवार  |    Himali Khabar