नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक मन्त्रिपरिषद्‍मा

नागरिक उड्डयन प्राधिकरण टुक्र्याउने विधेयक मन्त्रिपरिषद्‍मा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रूपमा छुट्याउने सम्बन्धी विधेयक मन्त्रिपरिषद्‍मा पुगेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले यस्तो जानकारी गराएका हुन् ।

सोमबार मन्त्रालयमा आयोजित अन्तरक्रियामा उनले उच्च अदालतका पूर्व न्यायाधीशको संयोकत्वमा उच्चस्तरीय छानिबिन समितिको प्रस्ताव मन्त्रिपरिषद्‍मा पुगेको जानकारी गराएका हुन् ।

उनले उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी बनेको विधेयक अर्थ, कानुन मन्त्रालय हुँदै हाल मन्त्रिपरिषद्को विधेयक समितिमा पुगेको जानकारी गराए ।

प्रकाशित मिति:     ३१ भाद्र २०८१, सोमबार  |    Himali Khabar