सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ बजारमा

सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ बजारमा

काठमाडौं । पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित संस्मरणात्मक कृति ‘आधा शताब्दी’ बजारमा आएको छ । सोमबार होटेल मल्लमा आयोजित एक बिशेष कार्यक्रमका बीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले सामुहिक रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

सापकोटाले आफ्नो जीवनकालको ५० वर्ष अर्थात आधा शताब्दीको सस्मरण पुस्तकमा उतारेका छन् । धादिङ जिल्लाको दुर्गम गाउँ त्रिपुरासुन्दरी ७, अचनेमा जन्मिएर आजसम्म व्यवसायिक रुपमा प्राप्त सफलतालाई उनले पुस्तकमा कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । १ सय ९२ पृष्ठ लामो पुस्तकमा २० पाठ रहेका छन् । 

हिमालयन सोसियल जर्नीका अध्यक्ष सापकोटाले अहिले हाेटल, होलिकोप्टर, हाइड्रो लगायतका व्यवसायमा आवद्ध छन। ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)का उपाध्यक्षसमेत भइसकेका उनी २०४६ सालमा काठमाडौं आएका थिए । त्यसपछि बिदेशसम्म पुगेका सापकोटा नेपालमै केहि गर्नुपर्छ भन्ने सोचेर नेपाल फर्केका हुन ।

प्रकाशित मिति:     ११ भाद्र २०८१, मंगलवार  |    Himali Khabar