काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नबुझाएको भन्दै उद्योगहरुको लाइन काट्न थालेको छ ।
डेडिकेटेड ट्रंकलाइन बक्यता विवादमा प्रमाण पेश गर्न माग गर्दै प्राधिकरणको आलोचना गर्ने उद्योगीलाई लक्षित गरेर रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको हो ।
प्राधिकरणका अनुसार घोराहीको ४० करोड ६८ लाख रुपैयाँ, रिलायन्स ६० करोड २९ लाख रुपैयाँ रअर्घाखाँचीको ३५ करोड ८८ लाख रुपैयाँ बक्यौता छ । यो रकममा थप २५ प्रतिशत जरिवानसहितको बिल प्राधिकरणले उद्योगीहरुलाई पठाएको थियो । उद्योगीहरुले उक्त बिल के प्रमाणको आधारमा पठाएको हो स्पष्ट पार्नु भन्दै जवाफी पत्र पठाएका थिए ।