फास्ट ट्रयाकमा ६.५ किमी सुरूङ बनाउने ठेक्का दुई चिनियाँ कम्पनीलाई

फास्ट ट्रयाकमा ६.५ किमी सुरूङ बनाउने ठेक्का दुई चिनियाँ कम्पनीलाई

काठमाडौं । काठमाडौं–तराई–मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) को सुरुङ निमार्णका लागि नेपाली सेनाले दुई चिनियाँ कम्पनीसँग सम्झौता गरेको छ। द्रुत मार्गमा बन्ने ६.५ किमी सुरूङलाई सेनाले दुई भागमा विभाजन गरेर ठेक्का दिन लागेको हो।

महादेवडाँडामा बन्ने ३.५ किमीको सुरूङको लागि चाइना स्टेट कन्ट्रक्सनले ठेक्का पाएको छ। दोश्रो प्याकेजमा रहेको धेद्रे (१.६ किमी),लेनडाँडामा (१.४ किमी) टनेल बनाउने ठेक्का चिनियाँ कम्पनी पोलिच्याङ्गदा इन्जिनियरिङले पाएको छ।

पहिलो प्याकेज अन्तर्गतको ठेक्का मूल्य २१ अर्ब ६१ करोड छ भने दोश्रो प्याकेज अन्तर्गतको लागत २८ अर्ब ५३ करोड रुपैयाँ छ । ६ महिना डिजाइनको लागि छुट्ट्याइएको छ भने काम सक्ने अवधि ३ वर्ष छ। निर्माणको काम इपिस मोडलअन्तर्गत हुनेछ।

यसका लागि छिट्टै कार्यादेश जारी हुने उनले बताए। ठेकेदार कम्पनीलाई सुरूमा अधिकतम् २० प्रतिशत रकमसम्म दिन सकिने छ । ७२.४ किमी लामो फास्ट ट्रयाकमा ५५.५ किमी सडक हुनेछ। सडकको ट्रयाकलाई पहाडी भागमा २५ मिटर र समथर भागमा २७ मिटर चौडा बनाइने सेनाको योजना छ।

प्रकाशित मिति:     २ जेष्ठ २०७८, आईतवार  |    Himali Khabar