कोरोना नियन्त्रण गर्न इयूले नेपाललाई साढे २८ करोड दिने

कोरोना नियन्त्रण गर्न इयूले नेपाललाई साढे २८ करोड दिने

काठमाडौं। युरोपेली युनियनले नेपालमा कोरोना नियन्त्रण तथा रोकथाम गर्न २० लाख युरो अर्थात करिब २८ करोड ४८ लाख ५३ हजार रुपैयाँ नेपाललाई दिने भएको छ।

नेपालले अनुरोध गरेपछि उक्त सहयोग गर्न लागिएको इयूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उक्त रकम आइसोलेसनमा रहेका कोरोना संक्रमितको उपचार, अक्सिजन सिलिण्डर आपूर्ति, अक्सिजन कन्सेनट्रेटर्स खरिद, पीपीई खरिद आदिमा खर्च गरिने जनाइएको छ।

प्रकाशित मिति:     ३० बैशाख २०७८, बिहीबार  |    Himali Khabar