काठमाडौं । काठमाडौंमा निषेधाज्ञा थप दुई साता लम्बिन सक्ने सम्भावना बढेको छ । कोरोना संक्रमणको अवस्था नियन्त्रणमा आइ नसकेकाले वैशाख २९ गतेपछि निषेधाज्ञा लम्बिन सक्ने सम्भावना बढेको हो ।
त्यसका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय गरिने जनाइएको छ । पछिल्ला दिनहरुमा संक्रमणको दर थप बढिरहेको छ । त्यसले गर्दा थप निषेधाज्ञा गर्नुपर्ने मनस्थितीमा उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु पुगेका छन् । निषेधाज्ञाको समय अझै केही दिन बाँकी रहेकाले त्यो समयसम्म संक्रमणको दर हेरे निर्णय लिने स्रोतले जनाएको छ ।
संक्रमण र मृत्युको दर बढ्दै गएकाले अस्पतालले थेग्न सक्दैन कि भन्ने चिन्ता समेत बढेर गएको छ । निषेधाज्ञा गरेकै कारण भयावह अवस्था नआएको निश्कर्षमा सरकार छ । निषेधाज्ञाले मानिसहरुको गतिविधिहरु समेत घटेको सुरक्षा अधिकारीहरुले जनाएका छन् ।