खोप आयातमा कमिसनको आरोप गलत : हुकम

खोप आयातमा कमिसनको आरोप गलत : हुकम

काठमाडौं । व्यवसायी सुरज वैद्यले कोरोनाविरुद्धको खोप भारतबाट ल्याउन कमिसन मागेको आरोप अस्वीकार गरेका छन् । भारतको पूणेस्थित सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशील्ड भ्याक्सिन आयात गर्न कमिसन माग गरेको भन्ने आरोपमा उनले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएका हुन् । वैद्य सिरमका लागि नेपालस्थित आधिकारिक बिक्रेता हुन् ।

भारतमा पछिल्लो समय कोरोना निकै फैलिएको र सिरम इन्स्टिच्युटमा आगो लागेकाले खोप ल्याउन नसकिएको उनले लेखेका छन् । हुकम डिस्ट्रिब्युसन एण्ड लजिस्टिक प्रा.लि. विज्ञप्तिमा भनिएको छ ‘२० लाख डोज भ्याक्सिन आयातको सहमति नेपाल र भारतका दुई सरकार बीचको सीधा संवादबाट भएको हो, आधिकारिक बिक्रेता हुनुको नाताले भ्याक्सिन ल्याउन समन्वय गर्ने बाहेक हाम्रो त्यसमा कुनै आधिकारिक सहभागिता छैन ।’

प्रकाशित मिति:     २३ बैशाख २०७८, बिहीबार  |    Himali Khabar