दैनिक उपभोग्य वस्तु तीन महिनाको लागि पुग्ने स्टक

दैनिक उपभोग्य वस्तु तीन महिनाको लागि पुग्ने स्टक

काठमाडौं । चामल, दाल जस्ता दैनिक उपभोग्य वस्तु तीन महिनाको लागि स्टक रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बताएको छ । विभागका महानिर्देशक प्रकाश पौडेलले चामल, दाल, नुन, तेल, चिनी लगायतका दैनिक उपभोग्यवस्तुहरु पूर्ण रुपमा लकडाउन भएको अवस्थामा पनि ३ महिनालाई पुग्नेगरी बजारमा स्टक रहेको बताएका हुन् ।

उपभोग्य खाद्यबस्तुको आपुर्ति सहज रुपमा भइरहेको पौडेलले बताए । बजारमा खाद्य पद्धार्थको उपलब्धता सहज रुपमा हुने भन्दै उपभोक्तालाई आवश्यकताभन्दा बढी खरिद गरि संचय नगर्न आग्रह गरे । खाद्यपद्धार्थको अभाव नहुने भएकाले आत्तिनु नपर्ने उनले बताउ ।

प्रकाशित मिति:     २१ बैशाख २०७८, मंगलवार  |    Himali Khabar