काठमाडौं, १७ चैत । आगामी केही दिनसम्म नै वायुमण्डल स्थिर नै रहने जल तथा मौसम विभागले जनाएको छ। विभागका अनुसार तुवाँलोले ढाकेको मौसमी अवस्थामा तत्काल सुधार हुने अवस्था छैन।
हाल मुलुकका धेरै जसो स्थानमा वायुमण्डल स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरु छरिन नपाई तुवाँलो लागेको विभागले जनाएको छ।
देशका अधिकांश स्थानमा लागिरहेको डढेलोका कारण पनि अहिलेको अवस्था आएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। आवश्यक कार्यबाहेक घरबाहिर ननिस्कन र निस्कनु परेमा मास्क लगाउन तथा आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अुनरोध गरेको छ।