सहकर्मीमाथि बलात्कार प्रयास गरेको आरोपमा इन्स्पेक्टर ढुंगाना हिरासतमा

सहकर्मीमाथि बलात्कार प्रयास गरेको आरोपमा इन्स्पेक्टर ढुंगाना हिरासतमा

काठमाडौं । नेपाल प्रहरीका एक इन्स्पेक्टर सहकर्मी महिला प्रहरीमाथि बलात्कार प्रयास गरेको आरोपमा थुनामा परेका छन्। इलाका प्रहरी कार्यालय खानीखोला, धादिङका इन्चार्ज रहेका इन्स्पेक्टर ढुंगाना बलात्कार प्रयास गरेको आरोपमा थुनामा परेका हुन्।

उनी थुनामा परेपछि प्रहरी प्रधान कार्यालयले इन्सपेन्टर डबलबहादुर बमलाई काजमा खटाएको छ। खानीखोलामै कार्यरत महिला प्रहरीले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय धादिङमा ‘बलात्कार उद्योग’ गरेको जाहेरी दिएकी थिइन्। उनकै उजुरीको आधारमा उनलाई पक्राउ परे। प्रहरीले ढुंगानामाथि लागेको आरोपबारे अनुसन्धान गरिरहेको जनाएको छ।

ढुंगानामाथि असोज १५ गते राति १ बजे खानीखोलामा रहेको महिला प्रहरी चौकीमै बलात्कार प्रयास गरेको आरोप छ। जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता भएसँगै उनी निलम्बनमा परिसकेका छन्।

प्रकाशित मिति:     २५ आश्विन २०७९, मंगलवार  |    Himali Khabar