सिभिल ग्रुपका अध्यक्ष इच्छाराजमाथि सीआईबीले अनुसन्धान थाल्यो

सिभिल ग्रुपका अध्यक्ष इच्छाराजमाथि सीआईबीले अनुसन्धान थाल्यो

काठमाडौं । सिभिल ग्रुपका इच्छाराज तामाङविरुद्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको छ । सिभिल सहकारीबाट तामाङले ८ अर्बभन्दा बढी हिनामिना गरेको भन्दै सीआईबीमा विभिन्न समूहले उजुरी दिएका हुन् ।

सीआईबीका प्रवक्ता श्यामकुमार महतोले सिभिल सहकारीमा पैसा हिनामिना भएको भनेर धेरै उजुरी आएको बताए । आर्थिक वर्ष २०७४–७५ को लेखापरीक्षण प्रतिवेदनअनुसार आठ अर्ब १३ करोड रूपैयाँ कर्जा प्रवाह भएकोमा सिभिल ग्रुपका संस्थापक तामाङको रियल स्टेट व्यवसायमा सबै रकम लगानी गरिएका थिए । आफैं सञ्चालक भएको सहकारीको निक्षेप रकम निजी कम्पनीमा लगाएर आर्थिक अपराध गरेको भनेर समेत उजुरी परेको छ ।

तामाङ सहकारी अध्यक्ष, रियलस्टेट व्यवसायी र सिभिल बैंकका अध्यक्षसमेत हुन् ।

प्रकाशित मिति:     २१ श्रावण २०७८, बिहीबार  |    Himali Khabar