कोरोनाको अझै खतरनाक भेरियन्ट फैलिनसक्ने डब्लुएचओको चेतावनी

कोरोनाको अझै खतरनाक भेरियन्ट फैलिनसक्ने डब्लुएचओको चेतावनी

एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको अझै खतरनाक भेरियन्ट फैलिन सक्ने र त्यसबाट कोरोना नियन्त्रणमा निकै कठिन हुने चेतावनी दिएको छ।

डब्लुएचओको इमरजेन्सी कमिटीले कोरोना महामारी सकिएको नठान्न चेतावनी दिदै कोरोना सकिएको हल्लाको पछि नलाग्न भनेको छ। डब्लुएचओका प्रमुख डा।टेड्रोस एधानोम गेहब्रेयेससले नयाँ र खतरनाक भेरियन्ट फैलिने प्रबल सम्भावना रहेकोले सतर्क रहन आग्रह गरेका हुन्।

प्रकाशित मिति:     १ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar