१० लाख धरौटी बुझाएर छुटे गच्छदार

१० लाख धरौटी बुझाएर छुटे गच्छदार

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा भएका छन् ।

विशेष अदालतमा म्याद नबुझी लामो समयदेखि हाजिर नभएका र अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत नगएका उनी बुधबार बिहान विशेष अदालतमा हाजिर भएका थिए । अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर गच्छदार रिहा भएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक निर्माणमन्त्रीका हैसियतमा गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति:     ३० असार २०७८, बुधबार  |    Himali Khabar