युरोकप र कोपा अमेरिका फुटबलको सट्टेबाजी खेलाउने आठ जना पक्राउ

युरोकप र कोपा अमेरिका फुटबलको सट्टेबाजी खेलाउने आठ जना पक्राउ

काठमाडौं । प्रहरीले युरो कप र कोपा अमेरिका फुटबल लेखमा अनलाइनमार्फत सट्टेबाजी खेलाउने आठ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं सुकेधाराका राजेन्द्र श्रेष्ठ प्रधान, जीवन लामा, पर्साका सुरज टिवडेवाल, भारत बिहारका अशेक कुमार गुप्ता, चितवनका गोविन्द्रप्रसाद आचार्य, भारत हरिवाना राजेशकुमार अग्रवाल, भारत राजस्थानका सुचिन डालमिया अग्रवाल र मोरङ अमर नाम गुप्ता छन् ।

उनीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले खेलमा सट्टेबाजी खेल्दा जित्नेले धेरै रकम पाउँने भन्दै विभिन्न व्यक्तिबाट ठूलो रकम जम्मा गरेको खुलेको छ । उनीहरूको साथबाट प्रहरीले करिब १० लाख रुपैयाँ नदग र सट्टेबाजी खेल्न प्रयोग गरेका मोबाइल बरामद गरेको छ ।

प्रकाशित मिति:     २१ असार २०७८, सोमबार  |    Himali Khabar