स्वीस बैंकमा पैसा राख्ने दक्षिण एशियाली मुलुकमा भारत पहिलो, नेपाल चौथो

स्वीस बैंकमा पैसा राख्ने दक्षिण एशियाली मुलुकमा भारत पहिलो, नेपाल चौथो

काठमाडौं । स्वीस बैंकमा नेपालीहरूले जम्मा गरेको निक्षेप मौज्दात रकमको आधारमा नेपाल दक्षिण एशियाका देशहरूमा चौथो नम्बरमा रहेको छ ।

स्वीस बैंकले सार्वजनिक गरेको विदेशीहरूको निक्षेपसम्बन्धी विवरणअनुसार बढी निक्षेप राख्नेमा भारत, पाकिस्तान र बंगलादेशपछि नेपाल रहेको छ । सर्वाधिक बचतको हिसाबले दक्षिण एशियामा पहिलो नम्बरमा भारत छ ।

भारतको २ अर्ब ५५ करोड २६ लाख, दोस्रोमा पाकिस्तानको ६४ करोड २२ लाख, बंगलादेशको ५६ करोड २९ लाख (स्वीस फ्रयाङ्क) बचतमा रहेको सार्वजनिक गरिएको तथ्यांकले देखाउँछ । त्यसपछि चौथोमा नेपाल रहेको छ ।

सन् २०१९ मा स्वीस बैंकमा नेपालीको निक्षेप १७ करोड ५९ लाख स्वीस फ्रयाङ्क अर्थात् २२ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो । सन् २०२० मा ३६ करोड ८ लाख २२ हजार ५ सय ५१ स्वीस फ्रयाङ्क (शनिवारको विनिमय दरअनुसार ४६ अर्ब २२ करोड रुपैयाँ ) निक्षेप रहेको छ ।

प्रकाशित मिति:     ६ असार २०७८, आईतवार  |    Himali Khabar