चौथो त्रैमासमा भारतको आर्थिक वृद्धिदर ७.८ प्रतिशत

चौथो त्रैमासमा भारतको आर्थिक वृद्धिदर ७.८ प्रतिशत

नयाँ दिल्ली । भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वित्त वर्ष २०२३–२४ को चौथो तथा अन्तिम त्रैमासिकमा ७.८ प्रतिशतले वृद्धि भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सन् २०२२–२३ को चौथो तथा अन्तिम त्रैमास जनवरी–मार्च सम्ममा यो वृद्धिदर ६.१ प्रतिशत थियो ।

तथ्यांक तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयको शुक्रवार सार्वजनिक तथ्यांकले वित्त वर्ष २०२४ को समग्र आर्थिक वृद्धिदर ८.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ।

अघिल्लो त्रैमासिक अर्थात् तेस्रो त्रैमासिकको तथ्यांकले विशेषज्ञहरूलाई आश्चर्यचकित पारेको थियो, उक्त त्रैमासको आर्थिक वृद्धिदर ८.४ प्रतिशतबाट ८.६ प्रतिशतमा परिमार्जन गरिएको छ । भारतको आर्थिक वृद्धिदर पहिलो त्रैमासमा ८.२ प्रतिशत, दोस्रो त्रैमासमा ८.१ प्रतिशत थियो ।

आर्थिक वर्ष २०२४ को लागि जीडीपी वृद्धिदर पनि यस वर्षको फेब्रअरीमा २०२४ मा जारी गरिएको ७.६ प्रतिशतको दोस्रो अग्रिम अनुमानबाट ८.२ प्रतिशतमा संशोधन गरिएको छ ।

प्रकाशित मिति:     १९ जेष्ठ २०८१, शनिबार  |    Himali Khabar