अनियमितताको आरोपमा नेपाल प्रहरीका दुई एसपीलाई कारबाही

अनियमितताको आरोपमा नेपाल प्रहरीका दुई एसपीलाई कारबाही

काठमाडौं । आर्थिक अनियमितताको आरोपमा नेपाल प्रहरीका दुई प्रहरी उपरीक्षक(एसपी) र एक इन्सपेक्टर कारबाहीमा परेका छन् ।

एसपीद्वय विमल बस्नेत र रामेश्वरप्रसाद यादब तथा इन्सपेक्टर मेघराज चौरसियालाई प्रहरी प्रधान कार्यालयले गम्भीर प्रकृतीको विभागीय कारबाही गरेको हो । दुई एसपीको पाँच ग्रेड घटुवा गरिएको छ भने इन्सपेक्टरको चार ग्रेड घटुवा भएको छ । उनीहरु तिनै जना निलम्बनमा छन् ।

छानबिनका लागि प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले गत मंसिरमा उनीहरुलाई निलम्बन गरेको थियो । प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा उनीहरुले अनियमितता गरेको पुष्टि भएपछि कारबाही गरिएको एक उच्च प्रहरी अधिकारीले बताए ।

प्रकाशित मिति:     २४ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar