गत वर्ष विभिन्न कसूरमा २ सय ७७ जना विदेशीलाई नेपालबाट निकालिए

गत वर्ष विभिन्न कसूरमा २ सय ७७ जना विदेशीलाई नेपालबाट निकालिए

काठमाडौं। सरकारले एक वर्षको अवधिमा विभिन्न कसूरमा २ सय ७७ जना विदेशीलाई देशबाट निष्काशन गरेको छ। गत आर्थिक वर्ष २०७७–७८मा उनीहरुलाई निष्कासन गरिएको अध्यागमन विभागले जनाएको हो।

निष्काशन हुनेमा सबैभन्दा बढी ओभर स्टे अर्थात भीसा सकिएपछि पनि बस्ने गर्ने छन् । त्यस्ता २ सय ३२ जना छन्। यस्तै आगूऔषध कारोबारको आरोपमा ८ जनालाई निष्काशन गरिएको छ भने आन्दोलनमा सहभागी भएको आरोपमा ४ जना छन्।

प्रकाशित मिति:     २५ श्रावण २०७८, सोमबार  |    Himali Khabar