१० अर्ब डाउनलोड हुने विश्वकै पहिलो एप बन्यो युट्युव

१० अर्ब डाउनलोड हुने विश्वकै पहिलो एप बन्यो युट्युव

क्यालिफोर्निया । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युव १० अर्ब डाउनलोड पुरा गर्ने विश्वकै पहिलो एप बनेको छ । सन् २००६ को नोभेम्बरमा अमेरिकी बहुराष्टिय सर्च इञ्जिन कम्पनी गूगलले यसलाई १ दशमलव ६५ अर्ब अमेरिकी डलरमा खरीद गरेको हो। युट्युब हाल गूगलको सहायक कम्पनीको रूपमा सञ्चालित छ।

नाइनटुफाइभ गूगल रिपोर्ट अनुसार सवैका माझ लोकप्रिय बनेको यो एप बितेको एक दशकमा विश्वमै सबैभन्दा बढी डाउनलोड र प्रयोग भएको एप हो । कोरोना महामारीका कारण युट्युवमा कन्टेन्ट बनाउने र हेर्ने प्रयोगकर्ताको संख्या निकै बढेको छ । युट्युबले प्रयोगकर्ताहरूलाई अवस्थित सामग्रीहरू, अवलोकन, मुल्यांकन, साझेदारी, प्रवाहसूचीहरूमा थप्न, उजुरी गर्न, भिडिओमा टिप्पणी गर्न र अन्य प्रयोगकर्ताहरूको सदस्यता लिन अनुमति दिन्छ। युट्युव करीब सबैजसो एन्ड्रोइड फोनमा प्रि – इन्स्टल रुपमा आउने गर्दछ ।

युट्युव गूगल प्ले स्टोरमात्र होइन एप्पलको एप स्टोरमा समेत डाउनलोडका लागि उपलब्ध छ । एप्पलले एपको डाउनलोड संख्या सार्वजनिक गर्दैन । तर गूगल प्ले स्टोरमा भने युट्युव एप १० अर्बभन्दा बढी प्रयोगकर्ताले डाउनलोड गरेको देखिएको छ ।

प्रकाशित मिति:     १२ श्रावण २०७८, मंगलवार  |    Himali Khabar