यी हुन अन्तरिक्षमा जाने सबैभन्दा कम उमेरका युवक !

यी हुन अन्तरिक्षमा जाने सबैभन्दा कम उमेरका युवक !

काठमाडौं । १८ वर्षका ओलिभर डायमेन संसारमै सबैभन्दा कम उमेरमा अन्तरिक्षमा जाने व्यक्ति बन्दैछन् । उनी आगामी जुलाई २० मा अमेजनका निवर्तमान सीईओ जेफ बेजोससँग उनको कम्पनीको पहिलो मानवीय उडानमार्फत् अन्तरिक्षमा जानेछन् ।

ओलिभर डायमेनलाई यो अद्धितीय मौका एक अज्ञात व्यक्तिका कारण प्राप्त भएको हो । ती व्यक्तिले बेजोससँगै अन्तरिक्ष यात्रामा जानका लागि २ करोड ८० लाख अमेरिकी डलरमा अन्तरिक्षयानको टिकट खरीद गरेका थिए ।

जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लू ओरिजिनका अनुसार २ करोड ८० लाख डलरमा टिकट खरीद गर्ने ती व्यक्तिको समयको अभावका कारण अन्तरिक्ष यात्रामा जान नसक्ने भएपछि उनको ठाउँमा १८ वर्षे युवा डायमेनले ऐतिहासिक मौका पाए ।

प्रकाशित मिति:     २ श्रावण २०७८, शनिबार  |    Himali Khabar