साउदीमा २४ नेपाली अलपत्र

साउदीमा २४ नेपाली अलपत्र

काठमाडौं । कम्पनीले कामबाट निकालेपछि साउदी अरवमा २४ जना नेपाली कामदार अलपत्र परेको बताएका छन् । साउदीको टोपाज गल्फ नामक कम्पनीले तलब नदिई कामबाट निकालेपछि २४ नेपाली अलपत्र परेको गुनासो गरेका छन् ।

कम्पनीले झण्डै ७ महिनाभन्दा बढी वेतलवी बिदा दिएर राखेपछि कामदारले अदालतमा मुद्दा दायर गरेका थिए । मुद्दाको फैसला कामदारहरुको पक्षमा आए पनि उनीहरुले पैसा र एक्जिट भिसा नपाएको बताएका छन् । कम्पनीले कामबाट निकालेपछि रोजगार बिहिन भएका २४ नेपाली अहिले साउदीस्थित जुबेलमा रहेको अर्घाखाँचीको मालारानी स्थायी घर भएका पीडित नेत्र विसीले बताएका छन् ।

उनका अनुसार साउदीस्थित नेपाली दूतावासलाई पटक–पटक फोन गरेर जानकारी गराए पनि वास्ता गरिएको छैन । करिव दुई महिनादेखि एउटा कोठामा दिन काट्न बाध्य भएको उनले बताएका छन् । नेपाल फर्कन पैसा नभएको, कम्पनीले पैसा नदिएको र साउदीस्थित नेपाली दुतावासले पनि वेवास्ता गरेको नेपाली यूवाको गुनासो छ ।

प्रकाशित मिति:     ३१ असार २०७८, बिहीबार  |    Himali Khabar