जर्मनीले नेपालसहित ५ देशबाट आउने पर्यटकमाथिको प्रतिबन्ध हटाउने

जर्मनीले नेपालसहित ५ देशबाट आउने पर्यटकमाथिको प्रतिबन्ध हटाउने

काठमाडौं। जर्मनीले कोभिड–१९ को बढ्दो संक्रमणसँग प्रतिबन्ध लगाएका नेपालसहित बेलायत,पोर्चुगल,रुस र भारतका नागरिकहरूमाथि लगाएको प्रतिबन्ध बुधबारदेखि हटाउने भएको छ ।

पूर्ण रूपमा खोप प्राप्त गरिसकेकाले जर्मनीमा पुगेर क्वारेन्टिनमा बस्नुपर्नेछैन भने खोप नलगाएकाहरुले १० दिन क्वारन्टिनमा बस्नुपर्नेछ।यद्यपि पाँचौँ दिनमा परीक्षण गर्दा नतिजा नेगेटिभ आए क्वारन्टिनबाट बाहिरिन पाउने छन्।नेपालसहित पाँच राष्ट्रलाई डेल्टा भेरियन्ट र डेल्टा प्लस भेरिअन्ट फैलिएका कारण‘भाइरस भेरिअन्ट एरियाज’का रूपमा वर्गीकरण गरिएको थियो।

प्रकाशित मिति:     २२ असार २०७८, मंगलवार  |    Himali Khabar