क्यानडाको तापक्रम पुग्यो झन्डै ५० डिग्री

क्यानडाको तापक्रम पुग्यो झन्डै ५० डिग्री

काठमाडौं । क्यानडामा अहिलेसम्मकै अत्याधिक गर्मी भएको छ। मंगलबार त्यहाँ ४९.६ डिग्री तापक्रम पुगेको थियो, जुन अहिलेसम्मकै बढी हो। बिबिसीका अनुसार क्यानडाको ब्रिटिस कोलम्बियास्थित लिट्टनमा लगातार तीन दिनसम्म ४५ डिग्रीभन्दा बढी तापक्रमको गर्मी भएको हो।

गर्मी हुँदा क्यानडामा मात्रै शुक्रबारयता एक सय ३० जनाले ज्यान गुमाइसकेको भ्यानकुभर प्रहरीले जनाएको छ। मृत्यु हुनेहरू प्रायः बिरामी वा वृद्ध–वृद्धा छन्। उनीहरूको मृत्यु हुनुको प्रमुख कारण गर्मी नै भएको बताइएको छ।

प्रकाशित मिति:     १६ असार २०७८, बुधबार  |    Himali Khabar