अष्ट्रेलियामा फेसबुकले लगायो समाचार कन्टेन्टमा प्रतिबन्ध

अष्ट्रेलियामा फेसबुकले लगायो समाचार कन्टेन्टमा प्रतिबन्ध

काठमाडौं, ६ फागुन । विश्वव्यापी सर्च इन्जिन गुगलले अष्ट्रेलियाका स्थानीय समाचार कन्टेन्टबाट भएको आम्दानीको केही हिस्सा मिडियाहरुलाई बुझाउने सम्झौता गरेको छ । लामो समयदेखि जारी विवाद अन्ततः सम्झौतामा आएर टुङ्गएिको हो । गुगलसँग अष्ट्रेलियाका केही समाचार संस्थाहरुले बुधबार समाचारबाट आएको आम्दानीको हिस्सा बुझाउने सम्झौता गरेको हो ।

यद्यपि बुधबारबाटै समाजिक सञ्जाल फेसबुकले भने अष्ट्रेलियाका मिडियालाई भने आफ्नो प्लेटर्फममा प्रतिबन्ध लगाउन सुरु गरेको छ । अष्ट्रेलियाले आफ्ना मिडियाहरु समस्यामा परेको भन्दै गुगल, फेसबुकलगायतका डिजिटल प्लेटर्फमहरुले समाचार शेयरबाट भएको आम्दानीको केही हिस्सा मिडियालाई बुझाउनुपर्ने बताएको थियो । पहिलोपटक अष्ट्रेलियाले यस्तो योजना अघि सारेको हो ।

गुगलले अष्ट्रेलियाको सरकारले यस्तो नियम ल्याए, आफ्नो सेवा अष्ट्रेलियाबाट हटाउन सक्ने चेतावनी दिएको थियो । तर, बुधबार भने गुगलले केही मिडियासँग भुक्तानीको सम्झौता गरेको हो । यससँगै गुगलले विश्वका अन्य समाचार संस्थाहरुसँग पनि सम्झौता गर्न सक्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar