यो जातको कुकुरले कोरोना संक्रमणको नतिजा पत्ता लगाउने, पिसिआर भन्दा छिटो ?

यो जातको कुकुरले कोरोना संक्रमणको नतिजा पत्ता लगाउने, पिसिआर भन्दा छिटो ?

काठमाडौं । ल्याब्रडोर जातको तालिमप्राप्त कुकुरले गरेको कोरोना परीक्षण नतिजा पिसिआर वा एन्टिजेनभन्दा प्रभावकारी पाइएको छ। विभिन्न देशको प्रारम्भिक अध्ययनबाट यस्तो निष्कर्ष निस्केको अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सले जनाएको छ।

अमेरिका, फ्रान्स, बेलायत, चिली, अस्ट्रेलिया, बेल्जियम, जर्मनी, थाइल्यान्ड लगायत थुप्रै देशमा कुकुरबाट कोरोना परीक्षण गराउन थालिएको छ। यसले सार्वजनिक यातायात, रंगशाला लगायत बढी भीडभाड हुने सार्वजनिक स्थलहरूमा कोरोना संक्रमित पहिचान गर्न सजिलो हुने अनुसन्धाता बताउँछन्।
पछिल्लोचोटि थाइल्यान्डको बैंककस्थित छुलालोङकोर्न विश्वविद्यालयको भेटेरिनरी विभागले छवटा कुकुरबाट कोरोना परीक्षण गराएको थियो। यसको नतिजा विमानस्थल तथा अन्य सार्वजनिक ठाउँमा गरिँदै आएको एन्टिजेन परीक्षणभन्दा राम्रो रहेको विश्वविद्यालयले जनाएको छ।

बैंककमा कोरोना परीक्षण गर्न बबी, ब्राभो, एन्जेल, एपोलो, टाइगर र नासा नामका छवटा ल्याब्रडोर कुकुरलाई तालिम दिइँदैछ। यी छवटै कुकुरले एउटै समूहमा रहेर काम गर्दैछन्। यी कुकुरलाई छ जना प्रशिक्षकले छुट्टाछुट्टै तालिम दिएका थिए।

प्रकाशित मिति:     १९ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar