बहराइनले लगायो नेपालसहित एसियाली पाँच देशका नागरिकलाई प्रतिवन्ध

बहराइनले लगायो नेपालसहित एसियाली पाँच देशका नागरिकलाई प्रतिवन्ध

काठमाडौं । बहराइनले एसियाली पाँच देशबाट आफ्नो देश प्रवेश गर्न निषेध गरेको छ । एसियाली मुलुकहरु भारत, पाकिस्तान, नेपाल, श्रीलङ्का र बंलादेशबाट बहराइन आउन प्रतिवन्ध लगाइएको हो ।

कोरोनाभाइरसको महामारी फैलिएका देशहरुलाई “रेड लिष्ट” मा पारेर बहराइनले ती देशहरुबाट बहराइन प्रवेश गर्न नदिने घोषणा गरेको छ । तर आफ्नै देशका नागरिकलाई भने सशर्त आउन पाउने व्यवस्था गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

बहराइनका नागरिक नै आउन चाहेको अवस्थामा भने कोरोना परिक्षण गरिएको पिसिआरको रिपोर्ट देखाउनु पर्ने र कम्तीमा १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने सर्त राखिएको छ ।

प्रकाशित मिति:     ११ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar