एनआरएनए कोलम्बियामा मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

एनआरएनए कोलम्बियामा मैनालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं । कोलम्बियामा गैरआवासीय नेपाली संघ (एनआरएनए)को ९२औं राष्ट्रिय समन्वय परिषद (एनसीसी)स्थापना भएको छ । संघको अमेरिका क्षेत्रीय संयोजक वेध बस्नेतका अनुसार संघीय पदाधिकारी बैठकलेको लम्बियामा औपचारिक मान्यता दिएको हो ।

यसअघि एनआरएनएले ९१औं शाखाको रूपमा आइसल्याण्डमा राष्ट्रिय समन्वय परिषद गठन गरेको थियो ।

यस्तै कोलम्बिया तदर्थ समितिको अध्यक्षमा छत्रबहादुर मैनाली चयन भएका छन। उपाध्यक्षमा लालबहादुर गुरुङ, महासचिवमा सुन्दर तामाङ, सचिवमा धनबहादुर तामाङ, उपसचिवमा प्रेमबहादुर छेत्री र कोषाध्यक्षमा मिथुन थापा चयन भएका छन् । यस्तै सदस्यहरूमा जितबहादुर गुरुङ, प्रविना राई र कमल शर्मा रहेका छन् ।

सल्लाहकार समिति सदस्यमा हर्कराम गुरुङ र उमेश थापालाई चयन गरिएको छ ।

समिति गठनले अबका दिनमा स्थानीय नेपाली समुदायलाई अझ संगठित बनाउने, संस्थाका नीति तथा कार्यक्रमहरू कार्यान्वयन गर्ने र एनआरएन अभियानलाई अझ प्रभावकारी बनाउने विश्वास लिइएको छ । नवगठित समितिले आगामी जुलाई महिनाभित्र संघको केन्द्रीय सदस्यता प्रणाली (एनआइएस) अन्तर्गत सदस्यता लिएपछि मात्र अक्टोबरमा हुने संघको १२औं महाधिवेशनमा सहभागिता जनाउन पाउने छन् ।

प्रकाशित मिति:     २८ जेष्ठ २०८२, मंगलवार  |    Himali Khabar