उत्तरपश्चिम टर्कीको एउटा होटलमा भीषण आगलागी हुँदा कम्तिमा ७६ जनाको मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएका छन् । टर्कीका गृहमन्त्री अली येर्लिकायाले मारिनेमा धेरै बालबालिका रहेको बताएका छन् ।
सीएनएनका अनुसार पीडितहरूमध्ये १० देखि ११ वर्षका धेरै बालबालिकाहरू छन् ।
घटनापछि गृहमन्त्रीले पत्रकारहरूसँग भने, ‘हामी गहिरो पीडामा छौं । दुर्भाग्यवश यस होटलमा भएको आगलागीमा हामीले ६६ जनाको ज्यान गुमाएका छौं ।’
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार शोकको दिन घोषणा गरे । ‘यो एकताको दिन हो’- उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् भने दोषी जोसुकै भए कारबाही हुने प्रतिबद्धता जनाएका छन् ।
टर्की सरकारले होटलमा भएको घातक आगलागीको अनुसन्धान सुरु गरेको छ । न्याय मन्त्री यिलमाज टुन्च र आन्तरिकमन्त्री अली येर्लिकायाका अनुसार कम्तिमा नौ जनालाई पक्राउ गरिएको छ ।
जनाइएअनुसार आगलागी हुँदा करिब २३४ जना पाहुना सो होटलमा बसिरहेका थिए ।