जापानले नेपाललाई १६० अक्सिजन कन्सनट्रेटर्स र ६ एम्बुलेन्स दिने

जापानले नेपाललाई १६० अक्सिजन कन्सनट्रेटर्स र ६ एम्बुलेन्स दिने

काठमाडौं। जापानले कोरोना महामारी विरुद्ध लड्न नेपाललाई सहयोग स्वरुप१६० वटा अक्सिजन कन्सनट्रेटर्स र छवटा एम्बुलेन्स दिने घोषणा गरेको छ। नेपालका लागि जापानका राजदूत किकुता युताकाले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार ती स्वास्थ्य सामाग्री र एम्बुलेन्स अर्को महिना नेपाल आइपुग्नेछ। ती सामाग्रीहरु कोरोना संक्रमितको उपचारमा निकै उपयोगी हुने उनले बताएका छन्। कन्सनट्रेटर्स र एम्बुलेन्स नेपालका ५८ वटा अस्पतालहरुलाई दिइने जनाइएको छ।

प्रकाशित मिति:     ४ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar