कोरोना नियन्त्रणमा अमेरिकाको करिब ६ अर्ब सहयोग गर्ने

कोरोना नियन्त्रणमा अमेरिकाको करिब ६ अर्ब सहयोग गर्ने

काठमाडौं।अमेरिकाले कोरोना नियन्त्रण तथा रोकथामको लागि नेपाल सरकारलाई हालसम्म ५ करोड ९ लाख अमेरिकी डलर अर्थात ५ अर्ब ९८ करोड ९० लाख ९२ हजार रुपैयाँ बराबरको सहयोग गरेको जनाएको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) मार्फत ४ करोड ५१ लाख अमेरिकी डलर र रक्षा विभाग मार्फत ५८ लाख अमेरिकी डलर बराबरको सहायता उपलब्ध गरिएको छ।

प्रकाशित मिति:     ३१ बैशाख २०७८, शुक्रबार  |    Himali Khabar