एनआरएनए माल्टाको कार्यक्रम भब्य, माल्टा जिराका मेयरले जब ढाका टोपी लगाए

एनआरएनए माल्टाको कार्यक्रम भब्य, माल्टा जिराका मेयरले जब ढाका टोपी लगाए

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) माल्टाको आयोजनामा नेपाली नयाँ बर्ष २०८० को उपलक्ष्यमा शुभकामना आदानप्रदान ,सास्कृतिक तथा सांगितीक कार्यक्रम सम्पन्न भएको छ ।

The Waterfront Hotel Sliema मा आयोजित कार्यक्रमको अध्यक्षता एनआरएनए माल्टाका अध्यक्ष भुवन अर्यालले गर्नुभएको थियो भने प्रमुख अतिथिमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका सदस्य राजु अर्याल हुनुहुनथ्यो । यस्तै विशिष्ट अतिथि स्थानीय जिरा नगरपालिकाका मेयर क्रोनाद बोर्ज हुनुहुनथ्यो भने स्थानीय सगरमाथामा आरोही मार्को कारोमोना, भारतीय राजदूतावास माल्टाका दूत्तिय सचिव अनुराध दास, हिन्दु एसोसिएसन माल्टाका अध्यक्ष सुभाष चन्द्र रोय, स्थानीय भिक्की कामिलेरी तथा माल्टामा रहेका विभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि एवम् समाजसेवीहरु अतिथिका रुपमा उपस्थित हुनुहुनथ्यो ।

यस्तै संस्थाका महासचिव रोशन गिरीले शुभकामना एवम् स्वागत मन्तव्य दिनुभएको थियो । साथै कार्यक्रममा सम्बोधन नेपाल जनसम्पर्क समिति माल्टाका सभापति सन्देश केसी, जिरा नगरपालिका मेयर क्रोनाद बोर्ज ,हिन्दु एसोसिएसन माल्टाका अध्यक्ष सुभाष रोय ,भारतिय राजदुतावास माल्टाका दुत्तिय सचिव अनुराधा दास साथै गैर आवसिय नेपाली संघ माल्टाका अध्यक्ष भुवन अर्यालले गर्नु भएको थियो।

कार्यक्रममा विभिन्न् कलाकारहरुको सांस्कृति प्रस्तुती दिनुको साथै सम्मान कार्यक्रम आयोजना गरिएको थियो । बिदेशी अतिथी हरुलाई नेपाल झल्काउने खालका मायाको चिनो तथा ढाका टोपि लगाएर उहाँहरुलाई सम्मान गरिएको थियो। अतिथीहरुले नेपाली कला संस्कृति तथा नेपाली रहनसहन एकदमै मन पराएको बताउनु भयो । नेपाल भ्रमण गरिसकेका मार्को कारोमोनाले नेपाली जनताले अतिथीहरुलाई भगवान सम्झेर माया गर्छ्न भन्दै नेपालीहरुको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली चेलीहरु माल्टा महिला क्रिकेत टिममा परेर नेपाल र नेपालीको शिर उच्च पार्ने काम गरेको मन्दै उहाँहरुको सफलतामा सम्मान कार्यक्रम पनि गरिएको थियो। अध्यक्ष अर्यालले कार्यक्रम अवधिभर आयोजकको तर्फबाट केही कमि कमजोरी भएको भए आगामी दिनहरुमा सुधार गर्र्दै जाने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमको संचालन कार्यक्रम संयोजक तथा सस्थाका सचिव रामु भण्डारीले गर्नु भएको थियो।

प्रकाशित मिति:     ३ बैशाख २०८०, आईतवार  |    Himali Khabar