सामाजिक दूरीको नियम उल्लंघन गरेपछि नर्वेकी प्रधानमन्त्रीलाई जरिवाना

सामाजिक दूरीको नियम उल्लंघन गरेपछि नर्वेकी प्रधानमन्त्रीलाई जरिवाना

ओस्लो । नर्वेकी प्रधानमन्त्री एर्ना सोलवर्गलाई सामाजिक दूरीको नियम उल्लंघन गरेपछि जरिवाना तिराइएको छ। आफ्नो जन्मदिन मनाउन गरिएको पारिवारिक जमघटमा सामाजिक दूरीको नियम पालना नगरेपछि उनलाई २० हजार नर्वेजियन क्राउन अर्थात् २ हजार ३ सय ५२ डलर जरिवाना तिराइएको हो।

प्रहरी प्रमुख ओले स्याभेरुदका अनुसार गत फेब्रुअरीको अन्त्यतिर एउटा माउन्टेन रिसोर्टमा प्रधानमन्त्री सोलवर्ग आफ्नो ६०औं जन्मदिन मनाएकी थिइन्। सरकारले कुनै पनि कार्यक्रममा १० जनाभन्दा बढि मानिस भेला हुन निषेध गरेको थियो। तर, उनको जन्मदिनमा १३ जना पारिवारिक सदस्य जम्मा भएको बताइएको छ।

उनले आफूबाट सो नियम उल्लंघन हुन गएकोमा सार्वजनिक रुपमै माफी पनि मागेकी थिइन्।

प्रकाशित मिति:     २७ चैत्र २०७७, शुक्रबार  |    Himali Khabar