भारतमा कोरोना भाइस तीब्र रुपमा फैलन थाल्यो

भारतमा कोरोना भाइस तीब्र रुपमा फैलन थाल्यो

काठमाडौं, ९ चैत । छिमेकी मुलुक भारतमा एकै दिनमा करिब ४४ हजार जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ थप ४३ हजार ८४६ जनालाई कोरोना पुष्टि भएको हो । सोही अवधिमा २२ हजार ९५६ जना भने संक्रमणमुक्त भएका छन् ।

भारतमा अहिले कुल संक्रमित संख्या १ करोड १५ लाख ९९ हजार १३० जना पुगेको अधिकारीहरुले जनाएका छन् । कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख ५९ हजार ७५५ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ती मध्ये १९७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । सोही अवधिमा पन्जाबमा मात्रै १ हजार ५२९ जना संक्रमित थपिएका छन् । भारतमा अहिलेसम्म ४ करोड ४६ लाख ३ हजार ८४१ खोप लगाइएको छ । शनिबारसम्म देशभरमा २३ करोड ३५ लाख ६५ हजार ११९ जनाको कोरोना परीक्षण गरिएको छ । सोमबार पनि थप ४७ हजार जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशित मिति:     ९ चैत्र २०७७, सोमबार  |    Himali Khabar