गायिका शोभा अर्याल र गायक तिलक बस्नेतको तीज गित ‘राख्छु दिलैमा’ सार्वजनिक (भिडियो सहित)

गायिका शोभा अर्याल र गायक तिलक बस्नेतको तीज गित ‘राख्छु दिलैमा’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । लोक गायक तिलक बस्नेत र गायिका शोभा अर्यालको स्वरमा रहेको नयाँ तीज गित ‘राख्छु दिलैमा’ सार्वजनिक भएको छ । हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज नजिकिदै गर्दा बिहीबार सार्वजनिक गरिएको यो गित अहिले निकै रुचाइएको छ ।

निर्माता शान्त शर्मा रहेको यस गितमा समिर प्रकाश पाण्डेको शब्द सिर्जना रहेको छ भने संगित तीलक बस्नेत र संगित संयोजन सुदिप सागरको रहेको छ । यस्तै अभिनय बिनोद बस्नेत र एन्जिलिना अर्यालको छ।

साथै सृजना बरालले निर्देशन गरेको गितमा दिपक गिरीले छायांकन हुन भने अमृत चापागाईले यसको सम्पादन गरेका हुन् । आहा टिभीले यसलाई बजारमा ल्याएको हो । हेरौं भिडियोमा :

प्रकाशित मिति:     ८ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar