शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ

शिल्पा शेट्टीका पति राज कुन्द्रा पक्राउ

एजेन्सी।बलिउड अभिनेत्री शिल्पा शेट्टी कुन्द्राका पति तथा व्यापारी राज कुन्द्रालाई प्रहरीले पक्राउ गरेको छ। भारतीय प्रहरीको क्राइम ब्रान्चले उनलाई पक्राउ गरेको हो।

कुन्द्रामाथि प्रहरीले अश्लील फिल्म बनाएको र ती फिल्म केही एप्समार्फत देखाएको आरोप लगाएको छ। कुन्द्रामाथि लगाइएको आरोपमा सम्बन्धमा प्रहरीसँग यथेष्ट प्रमाणहरु भएको मुम्बईका प्रहरी कमिश्नरले बताएका छन्। सोही घटनासँग जोडिएका अन्य १० जनालाई पनि पक्राउ गरिएको छ।

प्रकाशित मिति:     ५ श्रावण २०७८, मंगलवार  |    Himali Khabar