शाहरुखको ‘पठान’को रिलिज मिति घोषणा

शाहरुखको ‘पठान’को रिलिज मिति घोषणा

मुम्बई । बलिउड सुपरस्टार शाहरुख अभिनीत जासुसी ड्रामा ‘पठान’को रिलिज मिति घोषणा गरिएको छ । कोरोनाको दोस्रो लहरका कारण स्थगित चलचित्रको छायांकन सुरु गर्दै रिलिज मिति घोषणा गरिएको हो । चलचित्र अर्को वर्ष ९सन् २०२२०को इदमा रिलिज गर्ने तय गरिएको बलिउड हंगामाले जनाएको छ ।

सिद्धार्थ आनन्दको निर्देशन रहेको यस चलचित्रमार्फत शाहरुख दुई वर्षपछि ठूलो पर्दामा फर्किंदै छन् । सन् २०१८ मा आएको ‘जिरो’ फ्लप भएपछि शाहरुख चलचित्रबाट केही समय टाढिएका थिए ।

पछिल्लो २९ वर्षको अभिनय करियरमा शाहरुखले पहिलोपटक यति लामो समय ‘ब्रेक’ लिएका हुन् । हालको १८ दिनको छायांकन सकेर शाहरुख र टिम अर्को दृश्यका लागि युरोप जाने तयारीमा छ । स्थिति सामान्य रहे आउँदो अगस्टसम्म छायांकन सकाउने टिमको योजना छ ।

चलचित्रमा शाहरुखका साथै अभिनेत्री दीपिका पादुकोण, अभिनेता जोन अब्राहम र सलमान खानको पनि ‘स्पेसल इन्ट्री’ रहने जनाइएको छ ।

प्रकाशित मिति:     १३ असार २०७८, आईतवार  |    Himali Khabar