महिला पण्डितले गराइदिइन् दिया मिर्जाको विवाह

महिला पण्डितले गराइदिइन् दिया मिर्जाको विवाह

काठमाडौं, ६ फागुन । बलिउड अभिनत्री दिया मिर्जाले व्यापारी वैभव रेखीसँग विवाह गरेकी छन्। विवाहलगत्तै सामाजिक सञ्जालमा उनको विवाहका तस्बिरहरु भाइरल हुन थालेका छन्।

बुधबार विवाह गरेका दिया र वैभवसँग उनीहरुको विवाहमा सहभागी थप एक तस्बिरले यतिबेला सबैको ध्यान तानिरहेको छ। उक्त तस्बिर हो उनीहरुको विवाह गराउने पण्डितको। उनीहरुको विवाह एक महिला पण्डितले गराएकी थिइन्। विवाहको तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै दियाले लेखेकी छन्, ‘प्रेमको एक पूर्ण चक्रलाई हामी घर भन्छौं। यसको पुकार सुन्न, यसको ढोका खोल्न र फेरि यससँग भेटघाट गर्नु निकै रहस्यमय छ।’

उनले तस्बिर सेयर गर्दै आफू सम्पूर्ण भएको पल सार्वजनिक गरेको बताउँदै लेखेकी छन्, ‘मेरो परिवार बढेको छ।’

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar