काठमाडौंमा ४० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौंमा ४० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

काठमाडौं । काठमाडौं जिल्लामा ४० प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन्। स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले दिएको जानकारी अनुसार शुक्रबारसम्म ४० प्रतिशतले कोरोनाविरुद्धको खोपको पूर्णमात्रा लगाएका हुन्। पहिलो मात्रा खोपमात्र लगाउनको संख्या भने ४८ प्रतिशत पुगेको उनको भनाइ छ।

शुक्रबार बेलुकासम्म काठमाडौंमा ९ लाख १४ हजार ४८५ जनाले पूर्ण खोप लगाएको उनको भनाइ छ। पहिलो मात्रा लगाउनेको संख्या भने ११ लाख सात हजार ९८० रहेको उनले जानकारी दिए।

प्रकाशित मिति:     २० भाद्र २०७८, आईतवार  |    Himali Khabar