अमेरिकामा जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्ध खोपले पायो अनुमति

अमेरिकामा जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्ध खोपले पायो अनुमति

काठमाडौं, १६ फागुन । अमेरिकामा जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्ध खोपले प्रयोगको लागि अनुमति पाएको छ । यो कम्पनीको खोपलाई विश्वमा पहिलो पटक अमेरिकाले प्रयोगका लागि अनुमति दिएको हो ।

जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोनाविरुद्ध खोपलाई एक डोज मात्रै लाए पुग्ने छ । उक्त खोप आम मानिसले प्रयोग गर्ने फ्रिजमासमेत राख्न सकिन्छ ।

यसअघि अमेरिकाले फाइजर र माडर्ना कम्पनीको खोपलाई प्रयोगका लागि अनुमति दिइसकेको छ । फाइजर र मोडर्ना खोपलाई भण्डारण गर्न डिप फ्रिजको आवश्यकता पर्छ । यसको खोप एक डोज लगाएर पुग्दैन दुई डोज अनिर्वाय लगाउनुपर्छ ।

जोन्सन कम्पनीको खोप प्रयोगको दृष्टिले सस्तो पर्ने देखिन्छ । यो खोपको मूल्य भने सार्वजनिक भएको छैन । यो कम्पनीले जुन महिनाको अन्तिमसम्म अमेरिकामा १० करोड डोज खोप उपलब्ध गराउने भएको छ ।

प्रकाशित मिति:     १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar