काठमाडौं । वीर अस्पतालमा कोरोना संक्रमणका कारण रोकिएको मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु हुने भएको छ। वीरको नयाँ सर्जिकल भवनमा कोरोना संक्रमतिको मात्र उपचार सेवा गरिन थालेपछि मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु गर्न लागिएको हो।
मिर्गौला प्रत्यारोपण सेवा पुनः सञ्चालन गर्न मिर्गौला प्रत्यारोपण कमिटीको मंगलबार बिहान बैठक बसेको थियो। उक्त बैठकले वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सञ्चालन गर्ने निर्णय गरेको कोभिड–१९ यूनिफाइड केन्द्रीय अस्पताल (वीर) का प्रमुख कार्यकारी अधिकारी डा. भुपेन्द्र बस्नेतले जानकारी दिए।
२०७६ चैत ४ गतेसम्म वीर अस्पतालमा नियमित रुपमा मिर्गौला प्रत्यारोपण भएको थियो। नेपालमा कोरोना संक्रमण देखिएपछि सरकारले २०७६ साल चैत ११ गतेदेखि देशभर लकडाउन गर्यो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई आकस्मिकबाहेकका इलेक्टिभ सर्जरी सेवा बन्द गर्न निर्देशन नै दिएको थियो।