काठमाडौं । विश्वमा एकै दिन पाँच लाख ५७ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र ती संक्रमित थपिएका हुन्।
यससँगै विश्वभर कोरोना संक्रमितको संख्या २१ करोड २० लाख ९८ हजार नाघेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।
गत २४ घण्टामा थपिएका संक्रमितमध्ये सबैभन्दा बढी अमेरिकामा ८६ हजार ७०७ जना रहेका छन्। त्यहाँ उक्त अवधिमा ५०० जना संक्रमितको मृत्यु भएको छ।