८ ब्राण्डका कमसल औषधिमाथि प्रतिबन्ध

८ ब्राण्डका कमसल औषधिमाथि प्रतिबन्ध

काठमाडौं, १३ फागुन । मुलुकका सात औषधि उत्पादकहरूले उत्पादन गरेका कमसल औषधि बजारमा बिक्री वितरण भइरहेको पाइएको छ । ८ ब्राण्डका औषधिहरू न्युन गुणस्तर पाएपछि औषधि व्यवस्था विभागले बिक्री वितरणमा रोक लगाएको छ । राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्डविपरीतका न्युन गुणस्तर पाइएको विभागले जनाएको छ ।

विभागले बजारबाट तुरुन्त फिर्ता गर्न उद्योगहरूलाई पत्राचार गरेको छ । कमसल औषधि उत्पादन गर्नेमा बाराको प्राइम फर्मासिटिकल्स प्राली, वीरगन्जको भाष्कर हर्बसिटिकल्स, भक्तपुरको सिटीएल फर्मासिटिकल्स, बाराको म्याग्‍नस फर्मा, मोरङको एमटेक मेड प्राली, रुपन्देहीको बायोगेन रिमेडिज प्राली, बाराको आर्या फर्मा ल्याब छन् ।

प्रकाशित मिति:     १३ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar