एकैदिन विश्वमा साढे ६ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

एकैदिन विश्वमा साढे ६ लाखभन्दा बढी कोरोना संक्रमित थपिए

काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा ६ लाख ५० हजार ५९३ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या १९ करोड ७३ लाख २५ पुगेको छ।

वल्डोमिटर्सको तथ्याङ्कअनुसार सबैभन्दा बढी अमेरिकामा ८४ हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सोही अवधिमा भारतमा ४४ हजार ६७३, इन्डोनेसियामा ४३ हजार ४७९ र ब्राजिलमा ४१ हजार ८५३ जना कोरोना संक्रमित थपिएका छन्।

प्रकाशित मिति:     १५ श्रावण २०७८, शुक्रबार  |    Himali Khabar