अबको केही सातामा विश्वमा दुई करोड कोरोना संक्रमित थपिन सक्ने चेतावनी

अबको केही सातामा विश्वमा दुई करोड कोरोना संक्रमित थपिन सक्ने चेतावनी

काठमाडौं । भारतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको डेल्टा भेरियन्ट अहिले १२४ मुलुक तथा क्षेत्रमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । अहिलेको गतिमा संक्रमण बढे आगामी दिनमा यो भेरियन्ट अधिकांश नयाँ संक्रमितमा देखिन सक्ने आशंका गरिएको छ ।

यसरी डेल्टा भेरियन्टको संक्रमण फैलिए विश्वभर केही सातामा नै दुई करोड कोरोना संक्रमित थपिन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको छ । अहिले विशेषगरी युरोप र पश्चिमी प्रशान्त क्षेत्रमा कोरोना संक्रमण बढ्दो क्रममा छ ।

तर केही पश्चिमा मुलुकले मृत्युदरमा कमी आएको भन्दै लकडाउन खुकुलो बनाउन थालेका छन् । खोपको अभाव तथा खोप अभियान सुस्त रहेको अवस्थामा लकडाउन खुकुलो गर्नु आगामी दिनमा भने घातक साबित हुन सक्छ ।

प्रकाशित मिति:     ११ श्रावण २०७८, सोमबार  |    Himali Khabar