स्टार अस्पतालमा सुरु भयो शिशु सघन उपचार

स्टार अस्पतालमा सुरु भयो शिशु सघन उपचार

काठमाडौं, ८ फागुन । स्टार अस्पतालले शुक्रबारदेखि ‘शिशु सघन स्याहार तथा उपचार कक्ष सञ्चालनमा ल्याएको छ । समय नपुगी जन्मेका १८ हप्तादेखि ३५ हप्ताभित्रका शिशुको शिशु सघन स्याहार तथा उपचार कक्षमा उपचार गरिन्छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आफू मन्त्रालयको काममा आएको अवधि लामो नभए पनि खोप, अस्पताल शय्या स्थापना अभियान र स्वास्थ्य कर्मचारीको सुविधालगायतका विषयलाई आफूले प्राथमिकतामा राखेको बताए । उनले अस्पतालको उक्त कक्षको उद्घाटन गर्दै कोभिड १९ विरुद्धको विषम समयमा पनि अस्पतालले उल्लेखनीय योगदान पुर्‍याएकोमा खुसी व्यक्त गरे । साथै स्टार अस्पतालको प्रयोगशाला ‘ख’ वर्गबाट ‘क’ वर्गमा स्तोरन्नति भएकोमा धन्यवाद दिए ।

स्पतालका कार्यकारी अध्यक्ष किशोर महर्जनले शिशु सघन स्याहारको नेपालमा अभाव रहेको बताए ।

प्रकाशित मिति:     ८ फाल्गुन २०७७, शनिबार  |    Himali Khabar