स्तन नफाली ब्रेस्ट क्यान्सरको शल्यक्रिया नर्भिकमा सुरु

स्तन नफाली ब्रेस्ट क्यान्सरको शल्यक्रिया नर्भिकमा सुरु

काठमाडौं, ७ फागुन । नर्भिक इन्टरनेसनल हस्पिटलमा अब महिला सर्जनबाटै स्तन क्यान्सरको शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ । भारतका स्वास्थ्य संस्थाहरुमा रहेर महिलाहरुमा विकराल बन्दै गएको स्तन क्यान्सरको विषयमा खोज गरेकी नेपाली चिकित्सक तथा ल्याप्रोस्कोपिक सर्जन डा. बानिरा कार्कीले नर्भिकमा ब्रेस्ट क्यान्सरबाट पीडित बिरामीहरुको उपचार थालेकी हुन् ।

उनले हाल नर्भिक अस्पतालमा प्रत्येक साताको सोमबार र बुधबार स्तन क्यान्सर पीडित महिलालाई लक्षित गरी ओपिडी सेवा दिन थालेकी छिन् । डा.कार्कीका अनुसार प्रत्येक ४ महिलामध्ये १ महिला स्तन क्यान्सरबाट पीडित हुने गरेका पछिल्लो एक अध्ययनले देखाएको छ । यस्तै, विश्वका ६ महिलामध्ये एकजनाको स्तन क्यान्सरकै कारण ज्यान जाने गरेको छ । यो अनुपात अझै बढ्ने सम्भावना देखिएकाले समेत नेपालमा स्तन क्यान्सरको विषयमा राम्रो जनचेतना आवश्यक रहेको उनले बताइन् ।

प्रकाशित मिति:     ७ फाल्गुन २०७७, शुक्रबार  |    Himali Khabar