क्यानडाका प्रधानमन्त्रीले कोरोना विरुद्धको दुई थरी खोप लगाए

क्यानडाका प्रधानमन्त्रीले कोरोना विरुद्धको दुई थरी खोप लगाए

एजेन्सी। क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रूडोले कोरोना खोपको दुई थरी डोज लगाएका छन्। उनले पहिलो डोज एस्ट्राजेनेका र दोस्रो डोज मोर्डनाको लगाएका हुन्। उनले गत अप्रिलमा पहिलो डोज लगाएका थिए।

क्यानडाको स्वास्थ्य मन्त्रायको नयाँ गाइडलाइनअनुसार उनले दुई खोप लिएको जनाइएको छ। दुई थरी खोपको डोज लिँदा राम्रो प्रतिरोधात्मक क्षमता बढ्ने मन्त्रालयले बताएपछि उनले पछिल्लो डोज मोर्डनाको लिएका हुन्।

प्रकाशित मिति:     १८ असार २०७८, शुक्रबार  |    Himali Khabar